PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

नेपालले जापानमा ५ मैत्रीपूर्ण खेल खेल्ने, कुन कुन छन् विपक्षी? 



पहिलोपोस्ट

नेपालले जापानमा ५ मैत्रीपूर्ण खेल खेल्ने, कुन कुन छन् विपक्षी? 

काठमाडौं : अखिल नेपाल फुटबल स‌‌‌‌‌घ एन्फाले दश दिने जापान भ्रमणमा जान लागेको नेपाली राष्ट्रिय फुटबल टिमले जापानमा ५ मैत्रिपूर्ण खेल खेल्ने पक्का गरेको छ।

एएफसी एसियन कप छनोट अन्तर्गत ताजिकिस्तान विरुद्ध हुने खेलको लागि तयारी गर्न नेपाली टीम अगस्ट ११ देखि २१ सम्म जापनको ओसाका शहर जाँदैछ। नेपालले त्यहाँका तीन स्थानिय क्लब र दुई युनिभर्सिटी टिमसँग खेल्नेछ। 

जापान भ्रमणमा नेपालले प्रशिक्षणका साथ साथै मैत्रीपूर्ण खेल पनि खेल्ने भएको हो।

पहिलो खेल अगस्ट १२ मा गाम्बा ओसाकाको यू-२३ टोलीसँग हुनेछ। यस्तै १६ अगस्टमा क्वानसेइ गाक्विन युनिभर्सिटीसँग खेल्ने नेपालले १७ अगस्टमा अमिटिज स्पोर्टस् क्लब सँग खेल्नेछ। अगस्ट १८ मा हानन युनिभर्सिटी तथा अन्तिम खेल १९ अगस्टमा भिसेल कोब को यू-१८ टीमसँग खेल्ने तय छ। 

एन्फाका सिइओ इन्द्रमान तुलाधरले नेपालले जापान गएर प्रशिक्षण गर्न पाउनु फलदायी हुने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell