PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

मोसुलबाट विस्थापित ८ लाखभन्दा बढी नागरिक अझै फर्किन बाँकी



रासस

मोसुलबाट विस्थापित ८ लाखभन्दा बढी नागरिक अझै फर्किन बाँकी
फोटो श्रोतः http:nationalinterest.org

जेनेभा : उत्तरी इराकी सहर मोसुललाई सरकारले पुनः नियन्त्रणमा लिएपछि पनि यसअघि त्यहाँबाट विस्थापित भएका करिब ८ लाख ४० हजार व्यक्ति घर फर्किन सकेका छैनन्। 

संयुक्त राष्ट्रसङ्घीय आप्रवासीसम्बन्धी एजेन्सीले उनीहरु अझै घर फर्किन नसकेको जानकारी दिएको हो।

इराकी सेनाले मोसुल सहरलाई आतङ्ककारीबाट फिर्ता गर्ने क्रममा भएको भीषण भीडन्तका कारण ती नागरिक विस्थापित भएका थिए। 

इराकको राजधानी बग्दादबाट ४ सय किलोमिटर टाढा पर्ने मोसु्ल सहर सन् २०१४ बाट इस्लामिक स्टेट्स (आईएस) ले कब्जामा लिएको थियो । रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell