PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

खोलाले बगाएर र भिरबाट लडेर नुवाकोटमा दुई जनाको मृत्यु



रासस

खोलाले बगाएर र भिरबाट लडेर नुवाकोटमा दुई जनाको मृत्यु

नुवाकोट : खोलाले बगाएर र भिरबाट लडेर नुवाकोटमा दुई जनाले ज्यान गुमाएका छन्। 

अविरल वर्षासँगै अमारे खोल्सामा आएको बाढीले बगाएर तादी गाउँपालिका–४ साविक सुन्दरादेवी गाविस–२ का रामबहादुर श्रेष्ठको मृत्यु भएको छ। 

शुक्रबार साँझ खोलाले बगाएका ६० वर्षीय श्रेष्ठलाई खोजी गर्ने क्रममा ३०० मिटर तल खोल्सा किनारमा शव भेटिएको प्रहरीले जनाएको छ। सातबिसे बजारबाट घर फर्कदै गरेका श्रेष्ठले बाढी आइरहेको खोल्साबाट तर्न खोज्दा उनलाई खोलाले बगाएको थियो।

यस्तै, दुप्चेश्वर गाउँपालिका–६ साविक समुन्द्रटार गाविस–४ स्थित नौबिसे भिरबाट लडेर ७३ वर्षीया विष्णुकुमारी कुइँकेलको मृत्यु भएको छ। घरबाट खेततर्फ जाँदै गरेकी कुइँकेलको भिरबाट लडेर घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell