PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

फोटोमा हेर्नुस् डा. केसीको समर्थनमा जोगीको भेषदेखि अशक्तसम्म

फोटोमा हेर्नुस् डा. केसीको समर्थनमा जोगीको भेषदेखि अशक्तसम्म

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौंः काठमाडौँको माइतीघर मण्डलाको र्‍यालीमा एक युवक अनौठो भेषमा देखिए। आखामा कालोपट्टी बाँधिएको थिया । डाक्टरले लगाउने सेतो कोट लगाएका थिए। कोटको बाहुलाबाट दुई हात निकालिएको थिएन। आईओएम लेखिएको कोटमा सिक्रिले चारैतिरबाट बाँधिएको थियो।

यो दृश्य चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा देखिएको र्‍यालीको हो। डा. केसीका मागलाई समर्थन जनाउँदै उनको माग तत्कालै पूरा गर्नका लागि सरकारलाई दबाव दिनको लागि सोलाडिरिटी फर डाक्टर केसीले र्‍याली आयोजना गरेको थियो ।

डाक्टरको भेषमा आखामा कालो पट्टीमा बाँधेर पुरा शरीर सिक्रिले बाँधेर हिड्ने युवा थिए बुटवलका आशुतोष काफ्ले। उनी प्लस टु को परीक्षा दिएर काठमाडौँ आएका हुन्।

उनी मेडिकल विद्यार्थी होइनन् । तैपनि, डाक्टर केसीको अनसनमा समर्थन जनाउनका लागि उनी आएका हुन्। बुटवल कान्ति उच्च माविबाट प्लस टु परीक्षा दिएको बताउने उनी युवा अघि नबढे देश विकास नहुने तर्क गर्छन् ।

किन त ?
‘डाक्टर केसीको अनसन एक क्षेत्रको सुधारको लागि मात्र हैन। सबै क्षेत्रको सुधारको लागि हो। त्यसैले म आएँ।’ आशुतोष सुनाउँछन्, ‘हामी जस्तो युवाले डाक्टर केसीलाई समर्थन गर्न सक्नुपर्छ ।’

उनी किन त्यस्तो भेषमा देखिए त ?
सांकेतिक रुपमा विरोध गर्न आफू त्यसरी र्यालीमा हिंडेको बताउँछन् आशुतोष । 

के थियो त्यसको मतलव ?
‘आइओएमलाई जहिल्लै पनि त्रिविले हस्तक्षेप गरेको छ। आईओएमलाई साङ्गोलमा बाँधेर राखेको छ। आईओएमलाई काम गर्न दे, हस्तक्षेप नगर भनेर सांकेतिक विरोध जनाउन  मैले यसो गरेको हुँ ।’ आशुतोषले सुनाए,‘आईओएम त्रिविको हस्तक्षेपले गर्दा आखा छोपिएको र हात बाँधिएको जस्तो देखिएको छ।’

त्यसैगरी र्‍यालीमा ह्विलचियर प्रयोगकर्ताहरु पनि थिए। जावलाखेल स्पोर्टस् क्लवका खेलाडीहरु ह्विलचियर प्रयोगकर्ताहरु हुन।
अपांगता भएका उनीहरु र्यालीमा आएर ‘संसद भत्ता एकैदिन, चिकित्सक ऐन आउन वर्षौ दिन’ भन्दै नारा लगाइरहेका थिए। 

बास्केटबल र क्रिकेट खेल्ने उनीहरु अरुले लगाएको नारामा जोडतोडले साथ दिँदै ह्विलचियर अघि बढाईरहेको थिए। ‘ओली, देउवा, प्रचण्ड, माफिया मोहले देश हुन्न सम्पन्न।’ गुन्जिरहेको यस्तो नारामा उनीहरु आवाज मिसिएको थियो।

ति ह्विलचियर प्रयोगकर्ता मध्येका एक थिए दीपक तिमिल्सिना। गरिव जनताका लागि डाक्टर केसीले गरेको त्याग, तपस्या र समर्पणको लागि साथ दिन र्‍यालीमा सहभागी भएको उनी बताउँछन् । ‘डाक्टर केसीका लागि हामी सबैले सहयोग र समर्थन गर्नुपर्छ। ’ दीपकले प्रश्न गरे, ‘हामी गरिवको लागि ज्यानको बाजी राख्ने मान्छेलाई हामी किन सहयोग नगर्ने ?’ 

‘सांसदको घडीमा, माफियाको ब्याट्री ’ 
‘एक, दुई, तीन, चार, हामी मान्ने छैनौँ हार  
पाँच, छ, सात, आठ 
माफियाको कान समात’
यस्तै विभिन्न नाराहरुको साथ र्याली अघि बढिरहेको थियो । तराई मुलका केही महिला तथा पुरुषहरु ‘उठ, जनता अत्ति भो, चुप बस्दा क्षति भो’ भन्दै अघि बढिरहेका थिए। तराईको भेषभुषामा र्‍यालीमा आएका उनीहरु सर्लाही बसन्तपुरबाट आएका बताउँछन्।

सर्लाहीदेखि उनीहरु हिजो मात्र आएको बताउँछन्। रामजानकी संस्थाबाट डाक्टर केसीलाई समर्थन जनाउन लागि उनीहरु ७ जना आएको बताउँछन् ।

सर्लाहीबाट आएका रामपुकार महतो  डाक्टर केसीको अनसन सुशासन र देश विकासका लागि भएको बताउँछन्। ‘हामी सबैले साथ दिए मात्र डाक्टर केसीको माग पुरा हुन्छ। माग पूरा भएपछि हामी धेरैलाई सहुलियत हुन्छ।’ महतोले भने, ‘हामप् सबैजना त्यही भएर आएका हौँ ।’
डाक्टर गोविन्द केसी ६ दिनदेखि शिक्षण अस्पताल महाराजगञ्मा अनसनरत छन्। केसीको वार्ताटोलीसँग सरकारको वार्ता टोलीले गरेको शुक्रवार गरेको गरेको पहिलो वार्ता बिना निष्कर्ष टुंगियो ।

सोलिडारिटी फर डाक्टर केसीलगायत विभिन्न संघसस्थाले डाक्टर केसीको माग तत्कालै पूरा गर्नको लागि र्‍याली अायाेजना गरेका हुन् । र्‍यालीमा विभिन्न संघसस्थाका व्याक्तिहरु, कलाकारदेखि राजनीतिज्ञसमेत सहभागी भएका थिए।

नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी, विवेकशील साझा पार्टीका सहसंयोजक उद्वव थापा र रविन्द्र मिश्र, कलाकार निर्मल शर्मालगायत सहभागी थिए ।
 


ट्रेन्डिङ पोस्ट

Ncell