PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

सिआइबीले थाल्यो प्याउली घटनाको अनुसन्धान 



रासस

सिआइबीले थाल्यो प्याउली घटनाको अनुसन्धान 

भोजपुर : तीन बालबालिका मृत भेटिएको घटनाका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको छ। 

प्रहरी नायब उपरीक्षक दधीराम न्यौपाने नेतृत्वको टोलीले शुक्रबारबाट घटनाको अनुसन्धान सुरु गरेको हो। 

भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल मर्याङडाँडाको पोखरीमा गत असार १२ गते मृत भेटिएका थिए। 


घटनाका सम्बन्धमा यसअघि क्षेत्रीय प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको थियो। अनुसन्धान ढिला भएको भन्दै स्थानीयवासी आन्दोलित भएपछि अब भने केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाका विषयमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell