PahiloPost

Nov 9, 2025 | २४ कात्तिक २०८२

जोन केली अमेरिकाको गृह मामिला मन्त्रीमा नियुक्त



रासस

जोन केली अमेरिकाको गृह मामिला मन्त्रीमा नियुक्त
फोटो श्रोतः telegraph.co.uk

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटमार्फत जोन केलीलाई गृह मामिला मन्त्रीमा नियुक्ति गरिएको सार्वजनिक गरेका छन्।

राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाईट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसलाई हटाएर नयाँ गृह मामिला मन्त्री नियुक्त गरेका हुन्।

उनले  ट्विटमा लेखेका छन्,‘म विनम्रतापुर्वक जानकारी गराउन चाहन्छु की ह्वाईट हाउसको गृह मामिला मन्त्रीमा रुपमा जनरल सेक्रेटरी जोन एफ केलीलाई नियुक्त गरेको छु।’ 

‘उहाँ एक दमै राम्रो अमेरिकी नागरिक हुनुहुन्छ, एकदमै राम्रो नेता हुनुहुन्छ, जोनले होमल्याण्ड सचिवको रुपमा एकदमै राम्रो काम गर्नुभएको छ, उहाँ मेरो प्रशासनको एउटा चम्किलो तारा हो।’ 

ट्रम्पले भनेका छन्,‘देशको लागि समर्पित भएको र सेवा गरेकोमा मैले राइन्स प्रिबसलाई धन्यबाद दिन चाहन्छु, उहाँको निपूर्णताको म गौरव गर्दछु।’

ह्वाइट हाउसका नयाँ सञ्चार निर्देशकले सूचना चुहाएको अभियोग लगाएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले प्रिबसलाई हटाएर केलीलाई नियुक्त गरेका हुन्।

यसअघि ट्रम्पकै दबावमा सञ्चार सचिवले राजीनामा दिएका थिए । राष्ट्रपतिका रुपमा ट्रम्पले जिम्मेवारी सम्हालेको ६ महिनामै आफैले नियुक्त गरेका धेरै सहयोगी तथा सल्लाहकारहरु विभिन्न कारणले बाहिरिएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell