
काठमाडौँ : धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई सम्मान गरिएको छ ।
उनी धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल भएकी थिइन् ।
भोजपुरे सेवा समाजले आयोजना गरेको कार्यक्रममा राईलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गरेका हुन्।
कार्यक्रममा अर्थमन्त्री कार्की, पूर्वअर्थमन्त्री शङ्कर कोइराला र सोलुखुम्बुका समाजसेवी गोमा शेर्पालाई पनि सम्मान गरिएको थियो। रासस