PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सरसफाइमन्त्री यादवको दाबीः दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो 



रासस

सरसफाइमन्त्री यादवको दाबीः दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो 

महोत्तरी : खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले तराई–मधेसको खानेपानी समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन्।  

नेपाली कांग्रेस बर्दिवासनगर कमिटीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेसमा वर्षेनी हुँदै आएको खानेपानी समस्या निराकरण गर्न आफू तत्पर रहेको बताए।

मन्त्री यादवले सरकारको नजर प्रदेश नम्बर– २ को स्थानीय तहको तेस्रोचरणको चुनावमा केन्द्रीत रहेको बताए। 

उनले आगामी असोज २ गते हुने तेस्रोचरणको चुनावमा नेपाली कांग्रेस २ नम्बर प्रदेशमा प्रथम स्थान हासिल गरेर देशकै पहिलो पार्टी बन्ने दाबीसमेत गरे। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell