PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

भलिबलमा पहिलो अन्तर्राष्ट्रिय पदक जितेका राष्ट्रिय पुरुष टिम नगदसहित सम्मानित



पहिलोपोस्ट

भलिबलमा पहिलो अन्तर्राष्ट्रिय पदक जितेका राष्ट्रिय पुरुष टिम नगदसहित सम्मानित

काठमाडौं : नेपाल विद्यालय भलिबल कमिसनले एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा पदक जितेको नेपाली खेलाडीलाई सम्मान गरेको छ।

शनिबार राजधानीमा आयोजित विद्यालय भलिबल कमिसनको क्यालेन्डर सार्वजनिक कार्यक्रममा कमिसनले इमबहादुर रानाको कप्तानीमा रहेको १२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई सम्मान गरेको हो।


खेलाडीसँगै प्रशिक्षकद्वय जगदिश भटृ र विरेन्द्रप्रसाद चौधरी तथा टिम म्यानेजर डम्बरबहादुर नेपाली पनि सम्मानित भएका छन्।

सम्नित १५ जनालाई नगद ३ हजारसहित सम्मान पत्र प्रदान गरियो।

खेलाडी तथा प्रशिक्षकलाई भलिबल संघका अध्यक्ष मनोरमनरञ्जन शर्मा, उपाध्यक्षद्वय निरोज मास्के र रन्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्द, कमिसन अध्यक्ष रामबहादुर केसी र सचिव लोकेन्द्रबहादुर खड्कालगायतले सम्मान गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell