PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

भारतीय राजदूत पुरीले भने–बेलहियामा छिट्टै एकीकृत जाँच चौकी 



रासस

भारतीय राजदूत पुरीले भने–बेलहियामा छिट्टै एकीकृत जाँच चौकी 
फोटो श्रोतः hindustantimes.com

भैरहवा : नेपालका लागि भारतीय राजदूत मञ्जीत सिंह पुरीले नेपाल–भारत सीमा क्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी (आइसिपी) स्थापना गरिने बताएका छन्।  

शुक्रबार नेपाल–भारत सीमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा भैरहवा आएका राजदूत पुरीले व्यवस्थित भन्सार सञ्चालनका लागि एकीकृत जाँच चौकीको स्थापना छिट्टै गर्न लागिएको जानकारी दिए।

उनले रक्सौल र पर्वानीपुरमा जस्तै भैरहवा क्षेत्रमा पनि भारतीय बजारबाट विद्युत् आयातका लागि प्रयास जारी रहेको उल्लेख गर्दै नेपालको व्यापार प्रवद्र्धनमा भारतको सधैँ सहयोग रहने बताए। 

उद्योगी व्यापारी तथा सीमा क्षेत्रमा रहेका सुरक्षा अधिकारीले उठाएको प्रश्नको जवाफ दिँदै राजदूत पुरीले नेपाल–भारतबीचको सम्बन्ध निकै गहिरो रहेकाले दुई देशका व्यापारी तथा कर्मचारी र राजनीतिक तहमा अझ सामिप्यता हुन जरुरी रहेको बताए। 

कार्यक्रममा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले आपसी समझदारीमा सीमा क्षेत्रमा हुने सानातिना समस्या सहजीकरण गर्न सबैले सहयोग पुर्याउनुपर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell