
बीबीसी : पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) पार्टीले अन्तरिम प्रधानमन्त्रीका लागि पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई चयन गरेको छ।
नवाज शरिफले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पीएमएल-एनको शनिवार बसेको बैठकले अब्बासीलाई अघि सारेको हो।
पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचारसम्बन्धी आरोपबारे गरिएको छानबिनपछि शरिफलाई सार्वजनिक पदमा बस्न शुक्रवार अयोग्य घोषित गरेपछि उनले पदबाट राजीनामा दिएका थिए।
शरिफका भाइ शाहबाजले प्रधानमन्त्रीको पद नसम्हालेसम्म केही महिनाका लागि अब्बासीले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन्।
शहबाजले पहिले पञ्जाब प्रान्तको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ र त्यसपछि केन्द्रीय संसदको तल्लो सदन ‘नेशनल एसेम्बली’को उपचुनावमा जित्नुपर्नेछ।