PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सेनाका सिपाही मृत अवस्थामा फेला



पहिलोपोस्ट

सेनाका सिपाही मृत अवस्थामा फेला

बनेपा: नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन्।

काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

काठमाडौँको सुन्दरीजलमा नेपाली सेनामा कार्यरत भट्टराई विवाह भएको तीन महिनापछि नै श्रीमानसँग भिन्न भएर बस्दै आएको प्रहरीले जनाएको छ।

शरीरमा कुनै चोटपटक नदेखिएको र गहना पनि लगाएको अवस्था शव फेला परेको प्रनाउ राईले बताए। उनले शनिबार बिहानैदेखि उनी हराएको र बेलुका ५ बजे शव फेला परेको बताउँदै अनुसन्धानपछि वास्तविकता खुल्ने बताए। उनी बिहीबार मामाघर आएकी थिइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell