PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

सरकारी सेवाको अवसरः सेनाले माग्यो ३९ प्राविधिक अधिकृत

सरकारी सेवाको अवसरः सेनाले माग्यो ३९ प्राविधिक अधिकृत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाले खुला तथा समावेशी रुपमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो।

पदपूर्तिका लागि गरिएका विज्ञापनमा पाइलट, हवाई इन्जिनियर,  एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादनमा जनशक्ति पदपूर्तिका लागि आह्वान गरेको हो।

सवैभन्दा बढी लेखा अधिकृत माग गरेको छ। लेखामा महिला २, आदिवासी जनजाति २, दलितमा १,  सहित १५ जनाका लागि विज्ञापन गरेको हो।

दरखास्त आवेदन दिन चाहने उम्मेदवारको भदौ १२ गतेसम्म १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा ३० वर्ष उमेरहद तोकिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell