PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

अमेरिकामा भएको 'एल क्लासिको'मा बार्सिलोना विजयी



पहिलोपोस्ट

अमेरिकामा भएको 'एल क्लासिको'मा बार्सिलोना विजयी

स्पानिस ला लिगा सुरु हुनु अघि अमेरिकामा भएको दुई स्पानिस जायन्ट क्लबबीचको एलक्लासिकोमा बार्सिलोना विजयी भएको छ।

लियोनल मेसी, इभान राकिटिच र जेरार्ड पिकेले गोल गरेपछि मियामीस्थित हार्ड रक स्टेडियममा भएको इन्टरनेशनल च्याम्पियनसिप कपमा बार्सिलोनाले रियल मड्रिडलाई ३-२ ले पराजित गरेको हो।

खेलको तेस्रो मिनेटमै मेसीले गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि राकिटिचले गोल गरेपछि बार्सिलोनाले सात मिनेटभित्रै दुई गोलको अग्रता लिएको थियो।

तर क्रिस्टियानो रोनाल्डोबिनै अमेरिका पुगेको रियलले पहिलो हाफमै दुई गोल फर्काएर खेल बराबरी गरे।

१४औं मिनेटमा माटियो कोभासिस र ३६औं मिनेटमा मार्को असेन्सिओले गोल गरेपछि पहिलो हाफको खेल २-२ गोलको बराबरीमा सकियो।

दोस्रो हाफमा बार्सिलोनाको लागि डिफेण्डर पिकेले गोल गरे। ५०औं मिनेटमा पिकेले गरेको गोल निर्णायक बनेको हो।

यसअघिका दुई खेलमा कूल ३ गोल गरेका नेमारले पूरा मिनेट खेल्दा पनि रियल विरुद्ध भने गोल गर्न सकेनन्।

प्रि सिजन टुरमा बार्सिलोनाको यो तेस्रो जित हो। पहिलो खेलमा बार्सिलोनाले युभेन्ट्स र दोस्रो खेलमा म्यानचेष्टर युनाईटेडलाई हराएको थियो।

तिन खेल जित हात पारेपछि बार्सिलोनाले पहिलो पटक इन्टरनेशनल च्याम्पियन्स कपको उपाधि समेत जितेको छ। कूल ८ टीम सहभागी रहेको उक्त कपमा प्रत्येक टिमले समान ३ खेल खेलेका थिए। जसमा बार्सिलोनाले तीन खेल जित्यो।

यस्तै अल प्रिमियर लिग खेलमा म्यानचेष्टर सीटीले लण्डन क्लब टोटद्दहम हट्सपरलाई ३-० ले हरायो। सिटीको सहज जितमा जोन स्टोन्स, जोन स्टोन्स र ब्राहिम डियाजले गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell