PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

भलिलबले राष्ट्रिय खेलको मान्यता पाएपछि एनभिएले प्रचण्डलाई गर्‍यो सम्मान



पहिलोपोस्ट

भलिलबले राष्ट्रिय खेलको मान्यता पाएपछि एनभिएले प्रचण्डलाई गर्‍यो सम्मान

काठमाडौं : नेपालको राष्ट्रिय खेलको मान्यता पाएपछि नेपाल भिलबल संघ एनभिएले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ।

प्रचण्ड प्रधानमन्त्री हुँदा उनैको मन्त्रीपरिषद्ले गत जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको थियो।

आइतबार बिहान प्रचण्ड निवासमै पुगेर एनभिएका अध्यक्ष मनोरन्जन रमन शर्माले लगायतले प्रचण्डलाई सम्मान पत्र प्रदान गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिइएको तर त्यतिले मात्र राज्यको जिम्मेवारी पुरा नहुने बताए। ‘नेपालको राष्ट्रिय खेलले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव राख्न नसकेको बेला त्यसैको विकल्पमा हामीले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेका हौं।'

प्रचण्डले भलिबल खेलको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए। 'हामीले राष्ट्रिय खेल त घोषणा गर्‍यौँ। तर, यतिले मात्र राज्यको जिम्मेवारी पुरा हुँदैन। भलिबललाई राष्ट्रिय खेलको रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता, खेलाडीहरुको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी छ।’

सो अवसरमा पूर्व खेलकूदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

भेटमा संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जितेन्द्र बहादुर चन्द लगायतका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्व काल भलिबल खेलका लागि स्वर्णीम काल भएको भन्दै यसले नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने बताए।

 

बिर्सनुस् डन्डिबियो, फुटबल र क्रिकेटलाई जिल्याउँदै भलिबल बन्यो नेपालको राष्ट्रिय खेल

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell