PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

बैतडीका स्वास्थ्य चौकीमा किन औषधि अभाव ?



रासस

बैतडीका स्वास्थ्य चौकीमा किन औषधि अभाव ?

बैतडी : बैतडीका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ। 

जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन्। 

सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्करुपमा उपलब्ध गराउने भनेको भए पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए। 

आन्तरिक स्रोतबाट केही औषधि खरिद गरिएको भए पनि पछिल्लो समयमा औषधि अभाव भएको उनले बताए। सबै प्रकारका नभई केही औषधिको भने अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए। 

स्वास्थ्य चौकीका लागि २० प्रकारको औषधि पर्याप्त मात्रामा छ तर १६ प्रकारको औषधिको भने अभाव रहेको उनले बताए। 

औषधि अभाव भएका स्वास्थ्य संस्थामा एक दुई महिना अझै अभाव हुने देखिएको छ। औषधि खरिदको रकम अब सम्बन्धित स्थानीय तहमै गएकाले प्रक्रियामा केही ढिलाइ हुने देखिएको हो। 

औषधि अभाव देखाउँदै दुर्गमका स्वास्थ्य चौकी दिउसो १ बजे नै बन्द हुने गरेका छन्। सरकारले साँझ ५ बजेसम्म स्वास्थ्य चौकी खोल्ने नियम बनाए पनि त्यो नियमको भने पालना हुन सकेको छैन। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell