PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

डेब्युमै डानी अल्भज चम्केपछि पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि



पहिलोपोस्ट

डेब्युमै डानी अल्भज चम्केपछि पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

डानी अल्भजले एक गोल गर्नुका साधै एक असिस्ट गरेपछि परेसिस सेन्ट जर्न पिएसजीले फ्रेन्च सुपर लिगको उपाधि जितेको छ।

एक गोलले पछि परेको स्थती उल्टाउदै पएसजीले फ्रेन्च लिग-१ च्याम्पियन मोनाकोलाई २-१ ले पारजित गरेको हो।

डिजिब्रिल सिडिबेले ३०औं मिनेटमा गोल गर्दै मोनाकोलाई पहिले अग्रता दिलाएका थिए। तर उनीहरुङ्को अग्रत लामो समय टिक्न सकेन। यसं सिजन युभेन्ट्सबाट पेरिस पुगेका अल्भेजले ५१औं मिनेटमा फ्रिककमार्फत गोल गर्दै १-१ को बराबरी गरे।

त्यसको १२ मिनेटपछि अल्भजकै पासमा अड्रिएन ‍र्‍याबिओटले गोल गर्दै पिएसजीलाई जित दिलाएका हुन्। पिएसजीले सुपर कपको उपाधि जितेको यो सातौँ पटक हो। पिएसजी भन्दा लियोन (८) ले मात्र सर्वाधिक सुपर कपको उपाधि जितेको छ।

स्पानिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहेको मोनाकोका युवा स्टार केइलिन एमबाप्पेले भने राम्रो प्रदर्शन गर्न सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell