
मोरङ : मोरङको उर्लाबारीस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार बेलुका पश्चिमबाट पूर्व गइरहेको मे १ ख २१८० नम्बरको बसले विपरीत दिशाबाट गइरहेको को १९ प ९९५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पाँचथर थर्पु गाउँपालिका– ४ का छवि भट्टराईको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो।
दुर्घटनामा मृतकका भाइ २४ वर्षीय उमेश गम्भीर घाइते भएका छन्। उनको न्यूरो अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस