
केन्या : केन्याका उपराष्ट्रपति विलियम रूटोको घरमा अज्ञात बन्दूकधारी समूहले आक्रमण गरेको छ।
केन्यामा निर्वाचनबाट दुई हप्ता पहिले मात्र लामो समयसम्म राष्ट्रपतिका रूपमा रहेका रैला ओडिङ्गोलाई पराजित गरेर निर्वाचित भएका रूटोको घरमा आक्रमण भएको हो। आक्रमणका बेला उनी भने घरमा नभएको सुरक्षाकर्मीले बताएका छन्।
आक्रमणबाट उच्च प्रहरी सामान्य सेवा इकाईका एक अधिकारी गम्भीर घाइते भएका छन्।
घटनामा सशस्त्र एक समूहले अकस्मात आक्रमण गरेको र जेएसयुका अधिकारीबाट अत्याधुनिक हतियार खोसी अन्धाधुन्ध गोली चलाएका थिए।
आक्रमणपछि सो समूह फरार रहेको बताइएको छ। रासस/एएफ्पी