PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

जनजाति महासङ्घमा शेर्पा



रासस

काठमाडौं :  नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक आदिवासी महासंघको प्रदेश नं ३ को संगठन कमिटी पासाङ शर्पाको संयोजकत्वमा गठन गरिएको छ। 

नब्बे सदस्यीय कमिटीका सचिवमा सरोजमोहन लामा र प्रेमानन्द श्रेष्ठ रहेको महासंघका केन्द्रीय सचिव रामचन्द्र बलले जानकारी दिए। 

सो अवसरमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले जनजातिका विषय एमाले नै बढी उठाएकाले पार्टीमा जनजातिको बढी सहभागिता भएको बताए।

अब आउने प्रदेश र संघीय निर्वाचनमा पनि जनजातिका विषयलाई विशेष रुपमा उठाउनुपर्नेमा जोड दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell