PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

भानुभक्त आचार्यको सम्झना र नवराज पराजुलीको कविता



पहिलोपोस्ट

भानुभक्त आचार्यको सम्झना र नवराज पराजुलीको कविता

भानु जयन्ती र नवराज पराजुलीको कविता अस्ट्रेलियामा भानुभक्त आचार्यको जन्म जयन्ती विशेष कार्यक्रम आयोजना भयो। एनएक्यु, रेडियो ४ इबि ९८.१ एफएम नेपाली कार्यक्रम समूह तथा ब्रिसबेन बिसौनीको संयुक्त आयोजनामा ब्रिसबेनको मिचेल्टनस्थित मिचेल्टनमा आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्म जयन्ती मनाइएको हो। कार्यक्रममा कविता कन्सर्टका लागि अस्ट्रेलिया पुगेका कवि नवराज पराजुलीले कविता वाचन गरे।

वि नवराज पराजुलीले बाँसुरी बादक सम्यक महर्जनको साथमा आफ्ना कविताहरु प्रस्तुत गरेका हुन्। सगरमाथाको गहिराइ, हेब्बी बड्डे, खोया, च्याउ र मोक्ष कविता उनले सुनाएका हुन्। एक घण्टा लामो कार्यक्रममा १२० जना दर्शकको उपस्थिती रहेको थियो। कार्यक्रममा अन्य १९ श्रष्टाहरुले काव्य श्रृजनाहरु वाचन गरे।

कवि पराजुलीले भने,'विदेशमा पनि अग्रज कविको सम्झनामा यसरी कार्यक्रम आयोजना हुनु र कार्यक्रममा आफूले कविता वाचन गर्न पाउनु मेरो लागि हर्षको विषय हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell