PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जिल्ला अस्पताल उदयपुरमा भाइरल ज्वरोका विरामीको चाप, भुर्इँमै राखेर उपचार गरिंदै



रासस

जिल्ला अस्पताल उदयपुरमा भाइरल ज्वरोका विरामीको चाप, भुर्इँमै राखेर उपचार गरिंदै

उदयपुर : उदयपुरको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरल ज्वरोको प्रकोप बढेको छ।

जिल्ला अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन्। 

बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडिया, चौदण्डी, सिद्धिपुर क्षेत्रबाट अहिले भाइरलबाट प्रभावित बिरामी दैनिक उपचारका लागि आउने गरेका जनस्वास्थ्य निरीक्षक श्यामनारायण पण्डितले जानकारी दिए। 

भाइरलबाट प्रभावित बिरामीको संख्या बढेपछि अस्पतालमा शय्याको अभावमा भुइँ तथा अस्पताल परिसरमासमेत बिरामीलाई राखेर उपचार गर्नुपरेको अस्पताल प्रशासनले बताएको छ। 

अस्पतालमा भाइरलबाट प्रभावित बालबालिका र वृद्धवृद्धा बढी आउने गरेका छन्। 

सुरुमा सामान्य टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट पानी आउने र अनियमित ज्वरो आउने तथा रुघाखोकी लाग्ने र बिरामी कमजोर हुने जस्ता रोगको लक्ष्यण रहेको अस्पतालका प्रशासन प्रमुख डा सन्तोष राईले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell