PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

मोरङमा थपिए १२ हजार नयाँ मतदाता, नाम दर्ता गराउनेमा पुरुष बढी



रासस

मोरङमा थपिए १२ हजार नयाँ मतदाता, नाम दर्ता गराउनेमा पुरुष बढी

मोरङ : मोरङमा १२ हजार ८ सय ९० जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। 

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार शनिबारसम्म छ हजार २८९ महिला, छ हजार छ सय पुरुष र एक तेस्रो लिङ्गीको नाम थप भएको छ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले सम्बन्धित निर्वाचन कार्यालय केन्द्रीत गरेर फोटोसहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको थियो। 

साउन १ गतेदेखि विराटनगर महानगरपालिकासहितजहदा, कानेपोखरी, मिक्लाजुङ र धनपालथान गाउँपालिका तथा पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा मतदाता नामावली संकलन थालिएको छ।

बाँकी स्थानीय तहमा भने सोमबारदेखि साउन मसान्तसम्म मतदाता नामावली संकलन गरिने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell