PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

लागूऔषध तस्करीविरुद्धको कारबाहीमा फिलिपिन्सको ओजामिज सहरका मेयरको मृत्यु



रासस

लागूऔषध तस्करीविरुद्धको कारबाहीमा फिलिपिन्सको ओजामिज सहरका मेयरको मृत्यु

मनिला : फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागूऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन्। 

प्रहरीले सो कारबाही फिलिपिन्सका विभिन्न नगर र ग्रामीण क्षेत्रमा पनि जारी राखेको छ। प्रहरीको कारबाहीमा परी आइतबार विहान ती मेयर सहित ११ जना मारिएका अधिकारीहरुले जानकारी दिएका छन्। 

यहाँको प्रहरीद्वारा निकै सशक्त रुपमा सञ्चालित यस अभियानको फिलिपिन्सका जनतामा सकारात्मक प्रभाव परेको छ भने राष्ट्रपति दुतेर्ते पनि निकै लोकप्रिय भएका छन्। 

यद्यपि यस कानुनले प्रहरीलाई बढी अधिकार दिएको र न्यायिक प्रक्रियामा नल्याइकनै नागरिकलाई गोली हानेर मार्ने अधिकार दिएको भन्दै मानवअधिकारकर्मीहरुले भने आलोचकना गर्ने गरेका छन्। 

प्रहरीले जारी राखेको खोजी अभियानका क्रममा ओजामिज सहरका मेयर रिनाल्दो पारोजीनोङ सहित ११ जना मारिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरु मेयरको घरैमा बसेका बेला घेरा हालेर प्रक्राउ गर्न खोजेको जनाएको छ। 

दुतेर्तेले गत वर्षको निर्वाचनमा विजयी भएपछि लागूऔषध प्रयोग, ओसारपसार र कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने जनाएका थिए।

त्यस यता भएका लागूऔषधसँग सम्बन्धित कारबाहीमा परी दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यो अभियान जारी नै रहने प्रहरीको भनाई छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell