PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कसरी उठायो काठमाडौं महानगरले लक्ष्यभन्दा तीनगुणा बढी राजश्व ?



रासस

कसरी उठायो काठमाडौं महानगरले लक्ष्यभन्दा तीनगुणा बढी राजश्व ?

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको भवन इजाजत महाशाखाले यस वर्ष लक्ष्यभन्दा तीनगुणा बढी ३३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। 

कामपाको भवन इजाजत महाशाखाले आर्थिक वर्ष २०७३/७४ का लागि १० करोड राजश्व उठाउने लक्ष्य लिएकामा लक्ष्यभन्दा तीनगुणा बढी ३३ करोड संकलन भएको महाशाखाका प्रमुख राम थापाले जानकारी दिए। 

अघिल्लो आर्थिक वर्षमा पनि १० करोडमात्र राजश्व संकलन भएको यस महाशाखामा गतवर्ष भवन निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेकाले राजश्व बढेको उनको भनाइ छ। 

पछिल्लो समय कामपामा नक्सा पास गर्नेभन्दा निर्माण सम्पन्न प्रमाणपत्र लिने बढेका छन्। यसवर्ष महाशाखाबाट दुई हजार ५४९ जनाले नक्सा पास गरेका छन् भने दुई हजार ६२४ जनाले निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएका छन्। 

नियमअनुसार नक्सा पास भएको दुई वर्षमा भवन निर्माण गरिसक्नुपर्ने हुन्छ। निर्माण पूरा भएको तीन दिनमा प्रमाणपत्र लिनका लागि कामपामा निवेदन दिनुपर्छ।

विसं २०७२ साउनदेखि कामपाले भवन निर्माण भएको प्रमाण पत्र नलिएमा त्यस्ता भवन बैंकमा राखी ऋण लिन नपाउने, पानी, बिजुली, फोहर उठाउनेजस्ता कामपाबाट पाउने सुविधा रोक्का गर्ने जनाएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell