PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

राजपालाई शंकर पोखरेलको आग्रहः कांग्रेससँग होइन, एमालेसँग हिमचिम बढाउनुस्



राधेश्याम पटेल

राजपालाई शंकर पोखरेलको आग्रहः कांग्रेससँग होइन, एमालेसँग हिमचिम बढाउनुस्

वीरगञ्जः नेकपा एमाले एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले राष्ट्रिय जनता पार्टीले एमालेसँग हिमचिम नबढाएसम्म संविधान सशोधन हुन नसक्ने बताएका छन्।

एमाले बारा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणको लागि बारा आएका नेता पोखरेलले पहिलो पोस्टसँगकुरा गर्दै राजपाले मधेसका समस्या समाधान चाहेको भए कांग्रेससँग नभइ एमालेसँग हिमचिम बढाउनुपर्ने बताए।

उनले भने,‘अहिले एमालेसँग राजपाको हिमचिम बढेको छैन, तर बढनु पर्छ, राजपा र मधेसवादी शक्तिहरुले साच्चै नै विभेदमा परेको मधेसको समस्या समाधान गर्न चाहन्छन् भने काग्रेससँग होइन एमालेसँग हिमचिम बढाउनुपर्छ।’

पोखरेलले काग्रेसलाई सहमति गर्न जानको तर पालना गर्न नजानेको आरोप लगाए। उनले केपी ओली प्रधानमन्त्री हुँदा दुई वटा मुद्दामा संविधान सशोधन गरी सहमतिको पालाना पनि गरेर देखाईसकेको बताए।

पोखरेलले आगामी निर्वाचनमा कांग्रेस बाहेकका शक्तिसँग गठबन्धन गरेर जानेबारेमा एमालेले तयारी गरिरहेको जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell