PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

नेपाली फिल्मले जित्यो थाइल्याण्डमा आउटस्ट्यान्डिङ प्रेजेन्टेशन अवार्ड



पहिलोपोस्ट

नेपाली फिल्मले जित्यो थाइल्याण्डमा आउटस्ट्यान्डिङ प्रेजेन्टेशन अवार्ड

काठमाण्डौं: नेपाली लघु फिल्म थाइल्याण्डमा पुरस्कृत भएको छ। थाईल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टिभलमा यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले बेस्ट आउटस्टान्डिङ प्रेजेन्टेसनको अवार्ड जितेको हो।

थाइल्याण्डलाई अन्तराष्ट्रिय फिल्म छायांकनको गन्तव्य बनाउने उदेश्यले हरेक बर्ष आयोजना गर्ने यस फेस्टिभलमा २ फिल्म कलेजले नेपालको प्रतिनिधित्व गरेको थियो। १४ वटा देशका ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए। विश्वभर फिल्म स्कूल र कलेजहरुबाट मात्रै सहभागी हुन पाउने उक्त प्रतिस्पर्धामा नेपालबाट ओस्कर ईन्टरनेश्नल कलेजबाट ३ वटा र कान्तिपुर फिल्म एकेडेमीबाट एउटा फिल्म प्रतिस्पर्धामा गएका थिए।



जसमध्ये कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले बनाएको फिल्म पुरस्कृत भएको हो। अशिन पौडेल र रोनिस राउत निर्मित एवं निर्देशित ७ मिनेट लामो फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले आउटस्ट्यान्डिङ प्रेजेन्टेशन अवार्ड हात पारेको हो।

जुलाई २७ तारिखको दिन बैँकक शहरमा आयोजित फेस्टिभलमा मेक्सीकोको ‘ईफ आई वेर ब्रेभ’ले बेस्ट फिल्मको अवार्ड जित्यो। उक्त अवार्ड कार्यक्रममा थाईल्याण्डका पर्यटन मन्त्री, शैनिक प्रमुख तथा थाईल्याण्ड लगायत विश्व फिल्म क्षेत्रका प्रख्यात फिल्मकर्मीहरुको उपस्थिती रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell