PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

सरकार दुवै निर्वाचन एकै चरणमा गर्ने गृहकार्यमाः मन्त्री विश्वकर्मा



पहिलोपोस्ट

सरकार दुवै निर्वाचन एकै चरणमा गर्ने गृहकार्यमाः मन्त्री विश्वकर्मा

काठमाडौंः आपूर्तिमन्त्री मीन विश्वकर्माले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने गृहकार्यमा सरकार जुटेको बताएका छन्।

रिपोर्टर्स क्लवले गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले दुवै निर्वाचन एकै चरणमा गराउन सरकार जुटेको र यसमा प्रतिपक्षी दलबाट पनि सकारात्मक प्रतिक्रिया आएको बताए।

उनले दुवै निर्वाचन मंसिरको पहिलो अथवा दोस्रो साता गर्ने गरी प्रधानमन्त्रीले निर्वाचन आयोग र र अन्य दलसँग छलफल गरिरहेको जानकारी दिए। 

उनले भने,‘प्रधानमन्त्रीको यस्तो प्रस्ताव र छलफलमा आयोगपनि सकारात्मक छ।’

एकै चरणमा दुई वटा निर्वाचन सम्पन्न गर्न आयोगको क्षमता अभिवृद्धि गर्न सरकार तयार रहेको विश्वकर्माले बताए । उनले आयोगको क्षमता अभिवृद्धि गर्दापनि जटिलता आए आफूहरु राजनीतिक सहमतिका माध्यमबाट निकास खोज्न तयार रहेको स्पष्ट पारे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell