PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

खोलाले बगाएर नुवाकोटमा एक जनाको मृत्यु



रासस

खोलाले बगाएर नुवाकोटमा एक जनाको मृत्यु

नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका– १ ओखरपौवास्थित खानीखोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना रुखको हाँगा समातेर बाँच्न सफल भएका छन्। 

बाढी आइरहेका समयमा खोला तर्ने क्रममा बगेर दुप्चेश्वर गाउँपालिका – २ गाउँखर्क करिडुङका २८ वर्षीय तातेबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। खोलाले बगाएर पाँच सय मिटर तल ढुंगाको च्यापमा अड्किएका तामाङलाई झिकिएको थियो । 

तातेबहादुरसँगै हात समातेर खोला तर्ने क्रममा बगेका रञ्जमान तामाङ खोलामा छेउको रुखको हाँगा समातेर बाँच्न सफल भएका छन्।

उनको शरीरको विभिन्न स्थानमा चोट लागेकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरु पानीघट्टको ढुंगा कुँद्न तथा घट्ट मर्मतका लागि केही दिनअघि मात्र त्यस क्षेत्रमा गएका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell