PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

मोटरसाइकल दुर्घटनामा कांग्रेस नेता चौधरीको मृत्यु



रासस

मोटरसाइकल दुर्घटनामा कांग्रेस नेता चौधरीको मृत्यु

कैलाली  : कैलालीको कैलारी गाउँपालिका–३ भितारियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका नेताको मृत्यु भएको छ। 

धनगढीबाट हसुलिया फर्कंदै गरेका राजेश चौधरीले चलाइरहेको से १ प ६०० नम्बरको मोटरसाइकलले साइकलमा सवार ३१ वर्षीय सम्झना चौधरीलाई ठक्कर दिएपछि अनियन्त्रित भई मोटरसाइकल ढल्दा राजेश घाइते भएका थिए।

घाइते भएकामा चौधरीलाई उपचारका लागि भारत लैजाने क्रममा गएराति बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

साइकलमा सवार सम्झनाको अवस्था सामान्य रहेको र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell