PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

यमनमा भएका छुट्टाछुट्टै भिडन्तमा २७ सैनिक र १६ विद्रोहीको मृत्यु



रासस

यमनमा भएका छुट्टाछुट्टै भिडन्तमा २७ सैनिक र १६ विद्रोहीको मृत्यु

यमन : यमनी सेना र सशस्त्र विद्रोही बीचमा गत बिहीबार र आइतबार विहान भएका भिडन्तमा परी सैनिक र विद्रोहीगरी ४३ जनाको मृत्यु भएको छ। 

इरानसँग नजिक पर्ने मोखाको रेड सि बन्दरगाह नगरमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले जानकारी दिएका छन्। 

त्यसैगरी अर्को एक समाचारअनुसार मोखाको पूर्बी भागमा गएराति रातभर भएको भिडन्तमा परी १६ जना हुथी विद्रोही र सात जना सैनिक मारिएका छन्। 

त्यसैगरी, मोखादेखि झण्डै ४० किलोमिटर पूर्वतर्फ पर्ने ताइज प्रान्तमा विद्रोहीले बिहीबार गरेको आक्रमणमा २० जना यमनी सैनिक मारिएका छन्। 

सिया हुथीहरुले मोखामा विस्फोटक पदार्थसहितको डुङ्गाबाट पनि आक्रमण गरेकोमा कुनै मानवीय क्षती भएको खवर नरहेको अधिकारीले बताएका छन्। 

साउदी नेतृत्वको गठबन्धनले पनि साउदी अरबको मक्का नजिकै हुथीहरुले बिहीबार क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ। मक्का अर्को महिना मुस्लीम समुदायको वार्षिक धार्मिक कार्यक्रम हुने ठाउँ हो। 

द्वन्द्वका कारण यहाँ अहिलेसम्म आठ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका बताइएको छ।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell