PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

कतारबारे छलफल गर्न अरब देशका विदेशमन्त्रीहरुको बैठक बहराइनमा बस्दै



रासस

कतारबारे छलफल गर्न अरब देशका विदेशमन्त्रीहरुको बैठक बहराइनमा बस्दै
फोटो श्रोतः venturesonsite.com

दुबई : आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठक शनिबार बस्ने भएको छ। 

कतारका छिमेकी अरब देशहरुले नै उसमाथि नाकाबन्दी लगाएका छन्। कतारकाथि छिमेकी गल्फ देशले गत जुन ५ देखि नाकाबन्दी लगाएका छन्। ती देशले कतारमाथि अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। 

साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुको साथै नाकाबन्दी पनि लाएका छन् । उनीहरुले कतारसँगको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन विभिन्न शर्त पनि राखेका छन् । 

यसै विषयमा बहराइनको राजधानीमा अरब राष्ट्रहरुका विदेशमन्त्रीको बैठक बस्न लागेको हो। कतारमाथि प्रतिबन्ध एवम् नाकाबन्दी लगाइएको झण्डै दुई महिनापछि उनीहरुको यो बैठक दोस्रो पटक बस्न लागेको हो। 

विशेषगरी गल्फकै ती राष्ट्रले कतारमाथिको यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्ताव अघि सारेका छन्। तर ती प्रस्तावमा कतारको समर्थन छैन। 

उनीहरुले राखेका शर्तमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने पनि हो। योसहित उनीहरुले सामुहिक रुपमा १३ वटा विभिन्न शर्त अघि सारेका छन्। उनीहरुले राखेका यी शर्त पूरागर्न कतार अनिच्छुक छ। 

कतार समस्याको समाधानका लागि भन्दै कुवेतले मध्यस्थता गरिरहेको छ। तर त्यो प्रभावकारी हुन सकिरहेको छैन। 

ती देशले कतारले इरानसँगको कूटनीतिक सम्बन्ध पनि तोड्नुपर्ने र कतारमा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने कुरा पनि आफ्नो शर्तमा राखेका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell