PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

दोस्रो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास मंगलबारदेखि



पहिलोपोस्ट

दोस्रो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास मंगलबारदेखि

काठमाडौं : दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता-२०१७ यही मंगलबारदेखि सुरु हुने भएको छ।

नेपाल स्क्वास तथा राकेट्स संघले गर्न लागेको प्रतियोगिता साउन १७ देखि २१ गतेसम्म सातदोटोस्थित संघको एकेडेमीमा सञ्चालन हुनेछ। 

प्रतियोगितामा यसपटक एक विधा थप गरिएको र नगद पुरस्कार राशीमा पनि वृद्धि गरिएको आयोजक संघका अध्यक्ष किशोर महर्जनले जानकारी दिए।

यसअघि पहिलो संस्करण ६ विधामा भएकोमा यसपटकदेखि मास्टर ४५-५४ वर्षको विधा थप गरिएको छ। 

यससँगै पुरुष खुल्ला, महिला खुल्ला, भेट्रान ५५ वर्षभन्दा माथि, जुनियर ब्वाइज यू-१९ तथा जुनियर, ब्वाइज यू-१५  र प्लेट च्याम्पियनसिप गरी कूल ७ विधा समावेश छ।

यस्तै प्रतियोगिताको कूल पुरस्कार राशी ८१ हजार पुर्‍याइएको छ। जसमध्ये पुरुष खुल्लाको विजेताले १९ हजार, उपविजेताले १० हजार तथा तेस्रो हुने दुई जनाले समान ४ हजार प्राप्त गर्नेछन् भने महिला खुल्लामा प्रथम, दोस्रो र तेस्रोले क्रमश: ११,६ र ३ हजार हात पार्नेछन्। 

यस्तै यू-१९ विजेताले ६ हजार तथा यू-१५ विजेताले ४ हजार पाउनेछन् भने दुवै विधाका उपविजेता र तेस्रो हुनेले समान रुपमा क्रमश: ३ हजार १५ सय प्राप्त गर्नेछन्।

प्रतियोगिताका लागि २ लाख ७५ हजार खर्च लाग्ने संघका अध्यक्ष महर्जनले बताए।

प्रतियोगितामा उपत्यका बाहिरका समेत गरी विधिन्न विधामा करिब ८१ खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष महर्जनले बताए।

यस प्रतियोगितापछि उत्कृष्ट खेलाडीहरु छनोट गरिने र प्रशिक्षण समेत गराउने उनले जनाए । यस्तै त्यसबाट उत्कृष्ट ४ खेलाट गर्दै कम्तीमा दुई खेलाडीलाई भारतमा अगस्त अन्तयमा हुने दुई स्क्वास प्रतियोगितामा सहभागिता गराउने समेत महर्जनले बताए। 

यस्तै यही प्रतियोगिताबाट एसियाड र साफ गेम्सको लागि खेलाडी सर्ट लिस्ट गरेर प्रशिक्षण सुरु गराउने समेत संघले बताएको छ। 

यसबाहेक संघले युथ डेभलपमेन्ट ट्रेनिङ समेत सुरु गरेको र १० देखि १७ वर्षसम्मका युवा खेलाडीलाई साँजको समयमा प्रशिक्षण दिइरहेको संघका महासचिव सुरेश गुरुङले बताए।

प्रतियोगितामा पुरुषतर्फ अहरान्त केशर सिंह तथा महिलामा भावना सुनुवार डिफेण्डिङ च्याम्पियन हुन्। उनीहरु दुवैले यस संस्करण समेत खेल्दैछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell