PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पर्वतको अग्लो पुलबाट हामफालेर जोडीले गरे आत्महत्या



पहिलोपोस्ट

पर्वतको अग्लो पुलबाट हामफालेर जोडीले गरे आत्महत्या

पोखराः  पर्वतको कुश्मा नगरपालिकास्थित कुश्मा–ज्ञादीको अग्लो झोलुङ्गे पुलबाट हाम्फालेर एक जोडीले आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार शनिबार राति पुलबाट हामफालेर सुनसरीको धरान उपमहानगरपालिका ११ का २६ वर्षीय अकिन गुरुङ्ग र ललितपुर महानगरपालिका –१४ ढिलाहिटीकी २५ वर्षीया मुना रानाले अत्महत्या गरेका हुन्।

केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउसो कुश्मा आसपास घुमफिर गरिरहेका थिए।

शनिबार राति ९ बजे पुलबाट हामफालेका जोडीको शब आइबार विहान मोदीखोला किनारबाट प्रहरीले निकालेको थियो। पुलमा भेटिएको झोलामा मोबाइल, ट्रेकिङमा प्रयोग हुने सामग्रीहरु भेटिएका छन्। प्रहरीले मोबाइलका आधारमा आफन्तसँग सम्पर्क गरि मृतकको पहिचान गरिएको जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell