PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

एडमन्ड हिलारीको भूमिमा पहिलोपटक घन्कियो नेपाली लोक–रक



पहिलोपोस्ट

एडमन्ड हिलारीको भूमिमा पहिलोपटक घन्कियो नेपाली लोक–रक

नेपाली सांगीतीक ब्यान्ड नेपथ्यले पहिलोपटक न्यूजिल्याण्डमा प्रस्तुती दिएको छ। अकल्याण्डस्थित ‘स्काइ सिटीथिएटर’ मा नेपथ्य कन्सर्ट सम्पन्न भएको हो। नेपथ्यले नेपाली लोक–रक भाकाहरु प्रस्तुत गर्योा।

‘नेपाली सांगीतिक टोलीको यो पहिलो यात्रासँगै यहाँ एउटा नयाँ इतिहासको निर्माण भएको छ,’ आयोजक राज महर्जनले भने, ‘नेपथ्यलेखोलेको बाटोले अब भावी दिनमा अन्य समूह र कलाकारका निम्ति पनि यो नयाँ गन्तब्य बन्न पुगेको छ।’ अकल्याण्डको यो प्रस्तुतीसँगै नेपथ्यले यस वर्ष सुरुगरेको पृथ्वीकै दक्षिणी गोलाद्र्धको सांगीतिक यात्रा पनि सम्पन्न भएको छ। यस भेगमा पहिलो कार्यक्रम छिमेकी अष्ट्रेलियाको मेलबर्न सहरबाट भएको थियो। त्यसपछि एडिलेड र सिड्नीमा कार्यक्रम आयोजना भएको थियो।



‘यसपाला हाम्रो स्थापनाको रजत वर्ष मनाउने क्रममा विदेशको पहिलो श्रृंखलावद्ध कार्यक्रम यसरी सफलताका साथ सम्पन्न भएकामा म असाध्यै खुशी छु,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने। न्यूजिल्याण्ड पुग्नेबित्तिकै अमृतले उनको फेसबुकमा लेखेका थिए–‘सन् १९५७ मा करीब महिना दिन पानीजहाजमा चढेर (संस्कृतिविद्) सत्यमोहनजोशीदाइ, सर एडमण्ड हिलारी र हाम्रो हेड सरको देस न्यूजिल्याण्ड आउनु भाथ्यो रे, सांस्कृतिक अध्ययन भ्रमणमा। झण्डै ६० वर्षपछि हामी पनिअहिले सांगीतिक कार्यक्रम गर्न आइपुगेका छौं’।

अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य,गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell