
काठमाडौँः चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच आज भएको तेस्रो वार्तापनि बिना निष्कर्ष टुंगिएको छ।
डाक्टर केसीकातर्फबाट वार्ता टोलीका सदस्य डाक्टर वाईपी सिंहका अनुसार मुख्य माग दीर्घकालिन रुपमा अन्त्य गर्ने विषयमा छलफल नभएपछि वार्ता विना निष्कर्ष टुंगिएको हो।
उनले भने,‘ सरकारी टोलीबाट मुख्य मागहरुमा छलफल मात्र भयो।’ डाक्टर सिंहका अनुसार भोलि ३ बजेपछि फेरि वार्ता हुनेछ।
११ औं पटकको अनसनमा रहेका डाक्टर केसीको अनसनको आज सातौ दिन हो। अनसन सातौं दिनमा पुग्दा उनको स्वास्थ्यमा समस्या देखिन थालेको छ।