PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

पूर्वमन्त्री जोशीको एन्जिओप्लास्टिक सर्जरी, स्वास्थ्य अवस्था सुधारोन्मुख



पहिलोपोस्ट

पूर्वमन्त्री जोशीको एन्जिओप्लास्टिक सर्जरी, स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई मुटुमा समस्या आएपछि एन्जिओप्लास्टिक सर्जरी गरिएको छ।

शनिबार बिहान छातीमा केही असजिलो महसुस भएपछि महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकामा एन्जिओप्लास्टिक सर्जरी सफलतासहित सम्पन्न भई उनको स्वास्थ्य अवस्था सुघारोम्मुख रहेको उपचारमा संलग्न चिकित्सक रत्नमणि गजुरेलले जानकारी दिए।

जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको उनके परिवारले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell