PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध



पहिलोपोस्ट

प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध

बाबियाचौर: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन्।

नेपाल विद्युत् प्राधिकरण अन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हुन्। आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्काललाई काम गर्न रोकिएको स्थानीयवासी लोक खत्रीले बताए। निर्माण कम्पनी र आयोजनाले पूर्वजानकारी नदिई डोजर ल्याएर एक्कासि टावरको जग खनेको स्थानीयवासीको गुनासो छ।

उनीहरुले बस्तीलाई असर नपर्ने ठाउँमा टावर राख्न र प्रसारण लाइन लैजाने आयोजनालाई अनुरोध गरेका छन्। अहिले बनाउन लागिएको ठाउँमा टावर राख्दा वरपरका २० घरधुरी विस्थापित हुने खत्रीले बताए। स्थानीयवासीको अवरोधपछि आयोजनाको काम रोकिएको छ। ३० कामदार र एकवटा डोजर त्यहाँ परिचालन भएका थिए। अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावित क्षेत्रको बासिन्दा र आयोजनाबीच छलफल गरेर समस्या समाधानका लागि पहल भइरहेको बताए।

कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले पर्वतको खुर्कोट र म्याग्दीको दानामा सब स्टेसनका साथै ३८ किलोमिटर दूरीको प्रसारण लाइन निर्माणको काम गरिरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell