PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

क्षेत्रपाटीस्थित स्कूलबाट हराएका बालक पाँच दिनपछि भेटिए



पहिलोपोस्ट

 क्षेत्रपाटीस्थित स्कूलबाट हराएका  बालक पाँच दिनपछि भेटिए

काठमाडौँ: काठमाडौंको क्षेत्रपाटीबाट गत बिहीबारदेखि हराएका बालक विशाल चौधरी फेला परेका छन्।  चौधरीलाई काँडाघारीमा फेला पारेको काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले बताए। 

क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरी विद्यालयबाटै बिहीबार दिउँसो बेपत्ता भएका थिए। 

दिउँसो ३ बजे छोरा लिन बाबु विद्यालय पुग्दा छोरा हिँडिसकेको खबर पाएपछि आफन्तले बालक हराएको भन्दै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी दिएका थिए। 

५ वर्षीय विशालको खोजीमा प्रहरीले विशेष तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell