
भेनेजुयला : भेनेजुयलामा प्रतिपक्षीको विरोधकाबीच भएको निर्वाचन सुरुहुन केही घण्टामात्र बाँकी रहँदा एक जना संविधानसभा सदस्यका उम्मेदवारको हत्या भएको छ।
३९–वर्षीय उम्मेदवार जोस फेलिक्स पिनिडाको क्युदाद बोलिभर सहरस्थित घरमा हत्या भएको हो।
भेनेजुयालाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक यूनिटी राउन्ड टेवल (एमयूडी)ले वर्तमान राष्ट्रपति निकोलास माडुरोले भेनेजुयलामा राजनैतिक सङ्कट चरम बन्दासमेत समाधान गर्न नसकेको आरोप लगाउदै आएको छ।
राजनीतिक अन्यौलका कारण आर्थिक सङ्कटसमेत चुलिएको भन्दै चार महिना यता आन्दोलनरत प्रतिपक्षीले निर्वाचनका समय आफ्नो आन्दोलनलाई थप सशक्त बनाएको थियो। आन्दोलनका क्रममा ११० जनाको ज्यान गइसकेको बताइएको छ। रासस/एएफ्पी