PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

सेभियासँग हारेर पनि आर्सनल इमिरेट्स कप च्याम्पियन, यस्तो छ कारण



पहिलोपोस्ट

सेभियासँग हारेर पनि आर्सनल इमिरेट्स कप च्याम्पियन, यस्तो छ कारण

इंगलिस क्लब आर्सनलको घरेलु मैदानमा हुने प्रि सिजनको फुटबल प्रतियोगिता इमिरेट्स कपको उपाधि यस पटक आर्सनलले जित्यो। तर सबैजना आर्सनलले उपाधि जित्दा चकित भए। कारण ४ टिम सम्मिलित प्रतियोगितामा स्पानिस क्लब सेभियाले दुई खेल जित्यो भने आर्सनलले एक खेल मात्र जित्यो।

अन्तिम खेलमा सेभियासँग २-१ ले हार्दा पनि आर्सनल र सेभिया र समान ९ अंक भयो र आर्सनल नै च्याम्पियन बन्यो।

कसरी भयो त यस्तो? कारण यसत् रहेछ। आर्सनलले पहिलो खेलमा बेनफिकालाई ५-२ ले हराएको थियो भने सेभियाले पहिलो खेलमा लेइपजिगलाज्ञ १-० ले पराजित गरेको थियो।

यस प्रतियोगितामा प्रत्येक गोलको अतिरिक्त अंक प्रदान गरिएको थियो। जसअन्तर्गत आर्सनलले दुई खेलमा कूल ६ गोल गर्‍यो। पिहलो खेलमा ८ अंक झोडेको आर्सनलले सेभियासाग हारेपनि १ अंक पायो। यसरी आर्सनलले ९ अंक जोड्यो। यता दुई जित हात पार्दा सेभियाको पनि ९ अंक नै पुग्यो। गोलअन्तरमा पनि आर्सनल र सेभियाको समान २ गोलअन्तर रह्यो। तर आर्सनलले बढी गोल गरेकै कारण च्याम्पियन बन्यो।

आर्सन विरुद्ध सेभियालाई जिताउन जाओक्विन कोरेअ र स्टेभेन एन'जोन्जीले गोल गरेपनि उपाधि जित्न पर्याप्त रहेन। आर्सनलका लागि यसै सिजन क्लब भित्रेका एलेक्जान्डर लाकाजाटेले एक गोल गरे।

सन् २००७ देखि सुरु भएको इमिरेट्स कप अहलेसम्म आर्सनलले सर्वाधिक ५ पटक जितेको छ भने भ्यालेन्सिया, ह्यामवर्ग, गालातासारे र न्यूयोर्क रेड बुल्स १-१ पटक च्याम्पियन बनेका छन्।

लण्ड ओलम्पिकका कारण सन् २०१२ र पिच रिनोभेसनका कारण सन् २०१६ मा उक्त प्रतियोगिता हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell