PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

जर्मनीको एक रात्रि क्लवमा गोली चल्दा एक जनाको मृत्यु, चार घाइते



रासस

जर्मनीको एक रात्रि क्लवमा गोली चल्दा एक जनाको मृत्यु, चार घाइते
dailymail

जर्मनी :  स्वीट्जरल्याण्डसँग सीमा जोडिएको जर्मनीको कन्सटन्स सहरस्थित एउटा ‘नाइट क्लब’मा गोली प्रहार भएको छ। 

घटनामा एकजनाको ज्यान गएको र चारजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। आक्रमण व्यक्तिगत प्रतिशोध लिन गरिएको पनि प्रहरीको प्रारम्भिक अनुमान छ। 

झडपभएको ठाउँमा प्रहरीले नियन्त्रण लिने क्रममा भएको गोली हानाहानमा ३४–वर्षीय बन्दुकधारी पनि घाइते भएका र उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

गोली हानाहानमा एकजना प्रहरी अधिकारी पनि घाइते भएका छन् तर उनको स्थिति गम्भीर नरहेको बताइएको छ। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell