PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

मनोज गजुरेलको व्यंग्यः ट्राफिक लाइटमा कालो बिरालो बाधौं



पहिलोपोस्ट

मनोज गजुरेलको व्यंग्यः ट्राफिक लाइटमा कालो बिरालो बाधौं

काठमाडौंः कलाकार मनोज गजुरेलले  सवारी चालकलाई व्यंग्य गर्दै अब ट्राफिक प्रहरीले ट्राफिक लाइटमा कालो बिरालो बाँध्नु पर्ने अवस्था आएको बताएका छ्न्। 

आज महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको कार्यक्रममा कलाकार गजुरेलले ट्राफिक नियम पालना नगर्नेविरुद्ध यस्तो व्यंग्य गरेका हुन्।

उनले चालकले सजाय र जरिवाना तिरेर पनि रातो बत्ती बल्दा पनि ट्राफिक लाइटमा सवारी नरोक्ने गरेकाले अब कालो बिरालो बाँधेर राखे सवारी रोक्ने बताए।

चालकले नियम पालना नगर्ने भएकोले जाम बढेको भन्दै उनले सबैलाई सचेत हुन आग्रह गरे। उनले चालक र ट्राफिक प्रहरी मिलेर यसलाई सुधार गर्नुपर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell