PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रजातान्त्रिक योद्धा दास सिकिस्त बिरामी, पार्टीले उपचारमा बेवास्ता गरेको गुनासो



रासस

प्रजातान्त्रिक योद्धा दास सिकिस्त बिरामी, पार्टीले उपचारमा बेवास्ता गरेको गुनासो

ललितपुर स् दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रजातन्त्रका योद्धा सुदिष्टलाल दास अहिले अस्पतालको शय्यामा छटपटाइरहेका छन्। 

विसं २०१६ देखि नेपाली कांग्रेसमा क्रियाशील रहँदै आएका बारा क्षेत्र नं २ का ७५ वर्षीय दासको छ महिनादेखि दुबै मिर्गौलाले काम नगरेपछि नियमित डायलायसिस भइरहेको छ। हाल उनलाई पुल्चोकस्थित निदान अस्पतालमा भर्ना गरिएको छ। 

विसं २०२४ मा वीरगञ्ज चिनी कारखानामा भएको मजदुर आन्दोलनको नेतृत्व गरेका दासले त्यसपछिका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए। राजनीतिमा लागेकै कारण उनी तीन वर्ष जेल सजाय र सात वर्ष भारतमा निर्वासित हुनु परेको थियो। 

विसं २०४६ पछि नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय सचिव बनेका दास हाल विपी चिन्तन प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष र नेपाली कांग्रेस बारा क्षेत्र नं २ का सदस्य हुन्। 

लामो समयदेखि नेपाली कांग्रेसमा नै जीवन समर्पण गरेका दास अहिले आफू सिकिस्त बिरामी हुँदा पनि पार्टीले उपचारमा कुनै चासो नदेखाएकामा निकै दुःखित छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell