PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

कार्यकर्तालाई कांग्रेस नेता केसीको निर्देशन: भरतपुर १९ मा पार्टीको संस्थागत निर्णय शिरोधार्य गर्नुस्



पहिलोपोस्ट

कार्यकर्तालाई कांग्रेस नेता केसीको निर्देशन: भरतपुर १९ मा पार्टीको संस्थागत निर्णय शिरोधार्य गर्नुस्

चितवनः नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस दोश्रो बन्नु पार्टी भित्रको मतभेदले असर पारेको बताएका छन्।

नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा केसीले निर्वाचनमा कांग्रेस दोस्रो हुनुको मुख्य कारण आन्तरिक विवाद रहेको भन्दै त्यसलाई सच्याएर अघि वढ्ने बताए।

उनले भने,‘काग्रेस यसअघि पनि दुई पटक दोश्रो पार्टी भएको हो, दोश्रो हुनु ठूलो कुरा होइन तर अब मतभेदलाई अन्त्य गर्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो बन्नुपर्छ।’

उनले भरतपुर–१९ मा माओवादीसँगको तालमेल संस्थागत निर्णय भएको भन्दै संस्थागत निर्णयको पालना गर्दै तालमेललाई जिताउने अवसर नगुमाउन कार्यकर्तालाई निर्देशन दिए ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell