PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

चितवन राष्ट्रिय निकुञ्जमा फेरि एउटा पोथी गैंडाको मुत्यु



राजेन्द्र आचार्य

चितवन राष्ट्रिय निकुञ्जमा फेरि एउटा पोथी गैंडाको मुत्यु

चितवनः चिततवन राष्ट्रिय निकुञ्जमा फेरि दुर्लभ एक सिङ्गे पोथी गैंडाको मुत्यु भएको छ। निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत नवलपरासीको अमलटारीघाट नजिक वयश्क पोथी गैंडा मरेको  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द अर्यालले जानकारी दिए।

अमलटारीघाट नजिक गैंडा मरेको देखेपछि स्थानीयले निकुञ्जमा खबर गरेका थिए। निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा.कमल गैरेले गैंडाको मलद्वार र योनीबाट रगत बगेको पाइएको र थप जानकारी पोष्टमार्टमपछि मात्र भन्न सकिने बताए। 

यसअघि साउन ६ गते मात्रै एक पोथी गैंडा बच्चा जन्माउन नसकेर मरेको थियो। चितवनमा गत आर्थिक वर्षमा मात्रै २५ वटा गैंडा विभिन्न कारण मरेको थिए।  निकुञ्जमा सन् २०१५को गणना अनुसार ६ सय ५ वटा गैंडा रहेका छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell