PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नुवाकोटको विदुरस्थित राधाकृष्ण मन्दिरको मुकुट चोरी



रासस

नुवाकोटको विदुरस्थित राधाकृष्ण मन्दिरको मुकुट चोरी

नुवाकोट :  नुवाकोटको विदुर नगरपालिका–९ जफतीमा रहेको राधाकृष्ण मन्दिरको मुकुट चोरी भएको छ। 

स्थानीय बासिन्दाको पहलमा पाँच वर्षअघि निर्माण गरिएको मन्दिरमा रहेको राधाकृष्ण भगवानको मुख्य मुकुट आइतबार राति चोरी भएको स्थानीय बासिन्दा वैकुण्ठ बोगटीले जानकारी दिए।

आज बिहान भक्तजन मन्दिरमा पूजा गर्न जाँदा मुकुट चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए। 

चोरी भएको मुकुट स्थानीय बासिन्दाले पाँच वर्षअघि धार्मिक सहयोग अनुदानमार्फत ३२ हजार रुपैयाँमा खरिद गरेका थिए। 

घटनाकाबारेमा अनुसन्धान सुरु गरिएको नुवाकोट प्रहरी प्रमुख देवबहादुर बोहराले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell