PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

अष्ट्रेलियाली प्रहरीले भन्यो–विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोगको तयारी थियो



रासस

अष्ट्रेलियाली प्रहरीले भन्यो–विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोगको तयारी थियो
फोटो श्रोतः .washingtonpost.com

सिड्नीः अष्ट्रेलियाको प्रहरीले एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनाका दोषीले विमानलाई विषाक्त ग्याँस वा बम पड्काएर खसाल्ने योजना बनाएको बताएको छ। 

उक्त बम अपहरण गरी खसाल्ने योजना बनाएका उनीहरुसँगको बयानमा प्रहरीले उक्त तथ्य पत्ता लागेको जनाएको छ। त्यसमा संलग्न भएको आशङ्कामा प्रहरीले सिड्नी क्षेत्रबाट कैयौँलाई पक्राउ गरेको छ। 

आइतबार बिहान प्रहरीले चार जनालाई गिरफ्तार गरेको जनाएको थियो। यस विषयमा अनुसन्धान सुरु गरिएको र अनुसन्धानकर्ताले उक्त हमलाको तयारीमा विष्फोटक सामग्रीको प्रयोग गर्ने योजना बनाइएको थाहा भएको बताएका थिए। 

पक्राउ परेकामध्येका दुइजना लेबनानी मूलका अष्ट्रेलियन नागरिक हुन्। उनीहरुका बुबा अष्ट्रेलियाली र आमा लेबनानी रहेका छन्। 

उक्त आतङ्कवादी हमलाको योजना प्रहरीले आइतबार बिहानै असफल बनाएको जनाएपछि अष्ट्रेलियाका सबै विमानस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell