PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

'एलजी सिने सर्कल फिल्म अवार्ड' मा फिल्म माइतीघरलाई विशेष सम्मान



पहिलोपोस्ट

'एलजी सिने सर्कल फिल्म अवार्ड' मा फिल्म माइतीघरलाई विशेष सम्मान

काठमाडौं: एलजी सिने सर्कल फिल्म अवार्ड २०७४ को मनोनय सार्वजनिक भएको छ। साउन २३ गते काठमाडौंमा आयोजना हुने अवार्ड कार्यक्रम बारे जानकारी सहित मनोनित फिल्मकर्मीको नाम सार्वजनिक गरिएको हो।  अवार्ड २४ विधामा वितरण हुने भएको छ।

अवार्ड समारोहमा नीजि क्षेत्रको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ का कलाकार तथा प्राविधिकलाई विशेष सम्मान गरिने बताइएको छ। फिल्मका कलाकार सिपी लोहनी तथा माला सिन्हाबो समारोहमा विशेष आतिथ्य रहने जनाइएको छ। सिनेमा सर्कल नेपालले आयोजना गर्ने एलजी सिने सर्कल अवार्ड २०७४ मा छक्कापञ्जा, गाजलु, जात्रा, वीर विक्रम तथा पुरानो डुंगा बेस्ट फिल्म अफ द इयरको विधामा मनोनित हुन सफल भएका छन्। दीपाश्री निरौला (छक्का पञ्जा), हेमराज बिसी (गाजलु), प्रदीप भट्टराई (जात्रा), मिलन चाम्स (वीर विक्रम) तथा रामबाबु गुरुङ (पुरानो डुंगा) सर्वोत्कृष्ट निर्देशकको विधामा मनोनित छन्।

कार्यक्रममा द्वन्द्व निर्देशक एनबी महर्जनलाई  लाइफटाइम अचिभ्मेन्ट अवार्डद्वारा सम्मान गरिनेछ आयोजकले जानकारी दिएको छ।

यस्तो छ विधा सूची:

उत्कृष्ट पोस्टर
उत्कृष्ट ट्रेलर
उत्कृष्ट स्टन्ट
उत्कृष्ट फिल्म गीत
उत्कृष्ट भिएफएक्स
उत्कृष्ट निर्देशक (सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्मको)
प्रशंसनिय फिल्म
चर्चित अभिनेता
चर्चित अभिनेत्री
उत्कृष्ट सम्पादक
उत्कृष्ट पार्श्व संगीत
उत्कृष्ट पटकथा  
उत्कृष्ट पार्श्व गायन (महिला)
उत्कृष्ट पार्श्व गायन (पुरुष)
उत्कृष्ट अभिनेता
उत्कृष्ट अभिनेत्री
उत्कृष्ट निर्देशक
उत्कृष्ट फिल्म



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell