PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

प्रदर्शन तयारीमा संचिता लुईंटेल अभिनित 'लिला', प्रचारको सुरुवात समाज सेवाबाट



पहिलोपोस्ट

प्रदर्शन तयारीमा संचिता लुईंटेल अभिनित 'लिला', प्रचारको सुरुवात समाज सेवाबाट

काठमाडौं: प्रदर्शन मिति नजिकिएसँगै फिल्म लिला युनिट दर्शकमाझ प्रचार प्रसारमा देखिन थालेका छन्। ‘लिला’ युनिटले फिल्मको प्रचार थालनी समाज सेवाबाट गरेको हो। आइतबार निर्माण युनिटले पशुपतीस्थित बृद्धाश्रममा आश्रृत बृद्धबृद्धालाई भोजन गरायो।

फिल्म निर्माता कृष्ण प्रसाद दंगालको जन्मदिनको अवसर पारेर चलचित्र युनिटले समाजसेवा मार्फत प्रचार सुरु गरेको हो। कार्यक्रममा अभिनेता राज कटुवाल, अभिनेत्री संचिता लुईंटेल, कलाकार सिपी पौडेल, हाँस्य कलाकार देविराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्ण लगायतको उपस्थिती रहेको थियो।

‘प्रचार प्रसारको थालनी राम्रो कामबाट गर्नुपर्छ भन्ने भनेर बृद्धबृद्धाको सेवाबाट सुरु गरेका हौ’ निर्माता एवं कलाकार सिपी पौडेलले भने। सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा बनेको फिल्म ‘लिला’लाई रमेश कोइरालाले निर्देशन गरेका हुन्। ‘लिला’ प्रेम, एक्सन र सस्पेन्सको कथा बोक्ने फिल्म हो। फिल्म भदौ ३० बाट प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell